अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ ।
मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् । स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन् ।
सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताउनुभयो । सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण गर्यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उहाँको भनाइ छ ।
प्रभावित क्षेत्रका स्थानीयवासीको हकमा के हुन्छ रु भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणका काममा सहयोग गर्नुपर्ने र मेलम्चीको पानी काठमाडौँ लगेर काठमाडौँवासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तीमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको स्मरण गराउँदै तामाङले अब जिल्लावासी फाइल बोकेर विभिन्न कार्यालय धाउनुभन्दा पनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझ्न लाग्नुपर्ने बताउनुभयो ।
उहाँले खानेपानी मन्त्रालयलगायत सम्बन्धित पक्षलाई बेलैमा ढङ्ग पुर्याएर मात्र चल्न आग्रह गर्नुएको छ । तामाङले यही असार २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्नेसमेत जानकारी गराउनुभयो । पानी परीक्षण गर्दा सिन्धुवासीलाई छल्न खाजेको भन्दै उहाँले सिन्धुवासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गर्नुभएको हो ।
खानेपानीमन्त्रीले सामाजिक, राजनीतिक र विभिन्न अवरोधका बाबजुद पानी परीक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयाे, ‘विभिन्न समस्या देखाएर समाधान गर भन्न पनि नमिल्ने हो र ?’ भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।