वेस्ट इण्डिजविरुद्धको पहिलो पारीमा इंग्ल्याण्ड २०४ रनमै समेटियो

 असार २६, २०७७ शुक्रबार ७:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कारोना भाइरसको महामारीका बीचमा शुरु भएको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डको पहिलो पारी २०४ रनमा समेटिएको छ ।

साउथह्याम्पटनमा वेस्टइण्डिज विरुद्धको जारी टेस्टको दोस्रो दिन इंग्ल्याण्डको टिम ६७ दशमलव ३ ओभरमा २०४ रन मा रोकिन पुग्यो । 

इंग्ल्याण्डका लागि छैटौं विकेटका लागि जोस बटलर र बेन स्टोक्सले गरेको ६७ रनको साझेदारी नै सर्वाधिक ठूलो साझेदारी हो । त्यसअघि दोस्रो विकेटका लागि जोय डेनली र रोरी बन्सले ४८ रनको साझेदारी गरेका थिए ।

इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले बनाएको ४३ रन नै सर्वाधिक ठूलो रन हो । यसैगरी जोस बटलरले ३५ रन बनाउँदा डम बसे ३१ रनमा नट आउट रहे । यसैगरी रोरी बन्सले ३० रन बनाए ।

रोरी बन्स १३ वर्ष पछि इंग्ल्याण्डबाट ओपनिङ गर्दै १ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया