‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा शुक्रबार लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले डिपोर्टिभो अलाभेससँग प्रतिस्पर्धा गर्दैछ ।
रियल मड्रिडको लागि निकै महत्त्वपूर्ण मानिएको यो खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक अङ्कले अघि रहेको रियलले आजको खेल जितेमा उपाधिको दाबेदारीलाई थप बलियो बनाउने छ ।
तर याे खेलमा बराबरी र हार भएमा बार्सिलोनाले पनि उपाधि दाबेदारीलाई बलियो बनाउन सक्नेछ । लिगमा रियलको ३४ खेलबाट ७७ अङ्क छ भने एक खेल बढी खेलेको बार्सिलोनाले ७६ अङ्क जोडेको छ । ला लिगामा शुक्रबार राति सवा ११ बजे रियल सोसिडाडले ग्रानडासँग खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।