मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा सिल्भाले फ्री किकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अघि रह्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए पनि सिटी २–१ ले विजयी भयो ।
घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । यस्तै सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ भने सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।
३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ । यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल गरे । न्युकासलका म्याट रिट्चीले एक गोल फर्काए ।
त्यस्तै बर्नली र उल्भ्सले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।