इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेञ्जिमाले गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । किनकी उनले आफूले नहानेर बेञ्जिमालाई पास दिन खोजेका थिए । तर फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।
एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।
यता त्यही समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्यो । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।
६२ औं मिनेटमा मेस्सीले फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे पनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तर पनि उसले इञ्जुरी समयमा रोबर्टो टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्यो ।
योसँगै रियलले एक खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tushar Pulami Magar
July 17, 2020, 4:04 p.m.मलाई यो न्युज धेरै मन पर्छ।नया नया update लिन पाइन्छ।