कर्णाली राजमार्गमा पहिराे, कालीकाेट सडकखण्ड बन्द

 साउन ३, २०७७ शनिबार १८:४८:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

कालीकाेट – कर्णाली राजमार्ग अन्तर्गतको कालीकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालवाहक साधन अलपत्र परेका छन् । लगातारको वर्षापछि कालीकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात बन्द बनेको छ । 
 
कालीकाेटकाे टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ । गएकाे दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो ।

सडक सञ्चालनकाे लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया