एफ ए कपको उपाधिका लागि आर्सनल र चेल्सी खेल्ने

 साउन ५, २०७७ सोमबार ६:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एफ ए कपको उपाधिका लागि आर्सनल र चेल्सी खेल्ने भएका छन् । गएराति भएको दोस्रो सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि ३–१ को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको छ ।

वेम्बलीमा भएको दोस्रो सेमिफाइनलमा चेल्सीको जितमा ओलिभर जेरुड र मिसन माउन्टले गोल गरे । चेल्सीले एक गोल उपहार पायो । युनाईटेडका ब्रुनो फर्नान्डेजले सान्त्वना गोल फर्काए ।

खेलमा पहिलो हाफको अतिरिक्त समयमा जेरुडले गोल गरेपछि चेल्सीले अग्रता बनायो । कप्तान एजपेलएक्वेटाले दिएको क्रस बललाई जेरुडले सहज गोल गरेका थिए।

४६ औं मिनेटमा माउन्टको गोलमा चेल्सीले अन्तर २–० मा पुर्यायो । त्यसपछि ७४ औं मिनेटमा उपहार गोलमा चेल्सीले ३–० को अग्रता बनायो । युनाइटेडका ह्यारी म्याग्वेरेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

खेलको ८६ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । जसलाई फर्नान्डेसले गोल गर्दै अन्तर कम गरेका थिए । तरपनि त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । फाइनल खेल आउँदो शनिबार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया