‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - रियल मड्रिड आफ्नो अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ । यो बराबरीपछि पनि लेगानेस रेलिगेसनमा परेको छ ।
गएराति भएको खेलमा रियल लेगानेससँग दुई दुई गोलको बराबरीमा रोकियो । अर्को खेलमा सेल्टा भिगोले स्पानोयलसँग गोलरहित बराबरी खेलेपछि लेगानेस रेलिगेट भएको हो । रियलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।
खेलको नवौं मिनेटमा नै सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाए । उनको जारी सिजनमा १२ औं गोल हो । तर पहिलो हाफको इन्जुरी समयमा गिलले लेगानेसलाई बराबरीमा पुर्याए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले एक एक गोल थपे । ५२ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । तर ७८ औं मिनेटमा एसालेले गोल गरेपछि खेल दुई दुईका अवस्थामा पुग्यो ।
तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो । यो बराबरीपछि लेगानेस सेल्टा भिगो भन्दा एक अंकले पछि पर्दै रेलिगेट भयो ।
जारी सिजनबाट दोस्रो डिभिजनमा झर्ने क्लवमा लेगानेस, मर्लोका र स्पानोयल भएका छन । रियल ८७ अंकका साथ शीर्ष स्थानमा रह्यो भने बार्सिलोना दोस्रो, एट्लेटिको मड्रिड तेस्रो तथा सेभिया चौथो स्थानमा रहन सफल भए ।
अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्यो भने सेभियोले भ्यालेन्सियालाई एक शून्यले पराजित गर्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।