असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - आजदेखि लकडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो ।
आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।
यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।
यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।
लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुने सरकारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।