मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - इटालियन 'सिरी ए' को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई दुई एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।
टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे ।
याेसहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेकाे छ । खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । जारी सिजनमा 'सिरी ए' मा उनको यो ३१ औं गोल थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ ।
युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।