अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - पर्वतको दुर्लुङ्गमा गएको पहिरोका कारण जोखिममा परेका १० घरलाई सुरक्षित ठाउँमा सार्न भू-गर्वविद्ले सिफारिस गरेका छन् ।
खानी तथा भूगर्व विभागको टोलीले पर्वतको कुस्मा नगरपालिका-३ दुर्लुङ्गको ढकालबारीमा रहेका १० घरलाई तत्काल सुरक्षित ठाउँमा सार्न सिफारिस गरेको हो ।
ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग तलतिर सरेको पाइएको छ । घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र पानीका मूलको व्यवस्थित निकास दिन पनि विज्ञको सुझाव छ ।
भूगर्वविद् शिवकुमार बाँस्कोटाका अनुसार ढकालबारीमा पहिरो बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिन्छ ।
मनसुन सुरु भएलगत्तै गएकाे जेठ ३१ गते राति पर्वतको दुर्लुङ्गमा गएको पहिरोमा परि नौ जनाको ज्यान गएको थियो । पहिरोमा पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका ७ घर र ढकालबारीदेखि नुवारखोलासम्म रहेका घरहरू सुरक्षित ठाउँमा सार्न शहरी विकास मन्त्रालय मार्फत् काम सुरु गर्ने तयारी छ ।
त्यसैगरी पहिरोलाई थप बढ्न नदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत् थप अध्ययन गरी काम अघि बढाइने पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।