कात्तिक नाच आजदेखि
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा राखेपको १९ औँ सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको खेलकुद जगतलाई विश्वले हेर्ने गरी आकर्षित रुपमा अगाडि बढाउने छु ।’ खेलकुदलाई खेलकुदका रुपमा मात्रै सीमित नगरि यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उहाँले बताउनुभयो ।
यसअघि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।
सपथलगत्तै पद बहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पुग्नुभएको थियो । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।