इद मनाउँदै मुस्लिम समुदाय, घरमै बसेर नमाज पढ्न आग्रह

 साउन १७, २०७७ शनिबार ११:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - मुस्लिम समुदायले आज इद पर्व मनाउँदै छ । तर कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो। 

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यो पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरेको हो । 

कोरोनाका कारण लामो समयदेखि व्यक्तिगत दूरी कायम गरी साविकदेखि नै दैनिकरूपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । 

आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले देशमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया