आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट यूएईमा गर्न भारतको स्वीकृति

 साउन १९, २०७७ सोमबार ७:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । 

आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ । 

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ  । 

आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न पाइने नियम समेत बताएको छ । कोरोना महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।

एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया