कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
तनहुँ – बाढी पहिरोका कारण तनहुँमा एक सय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् ।
त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो हप्ता परेको अविरल वर्षापछि गएको पहिरोका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौँ घरमा क्षति पुगेको छ ।
तनहुँमा चार नगरपालिका र ६ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा मानवीयसहितको क्षति भएको छ । म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका ६ का १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर ज्यान गएको थियो ।
पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी बन्दीपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ३० घरमा आंशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् ।
उहाँले भन्नुभयो, ‘पूर्णरुपमा घर क्षति भएकालाई ३० हजार र राहत दिइएको छ ।’ पहिरोले उच्च जोखिम र आंशिक क्षति पुगेकालाई दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभए पनि फलफुल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्रमध्ये २,४,५ र ८ वडामा पहिरोले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो ।
नगरपालिकामा मानवीय क्षति नभए पनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानु नगरपालिकाको वडा नम्बर २ र ३ मा गरी १० घरपरिवार पहिरोको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् ।
आँबुखैरेनी गाउँपालिकमा सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । वडा नम्बर १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।
त्यसैगरी व्यास नगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् । झण्डै ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'यस नगरपालिकामा पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।' ऋषिङ गाउँपालिकामा ६ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
याे वडाको ऋषिङ ८ भैँसीकिली निवासी अम्बरबहादुर थापाको परिवारकाे पाँच जनाको पहिरोमा परेर ज्यान गएकाे थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।