राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलगायतका ४ विधेयक छलफलका लागि विषयगत समितिमा

 साउन २१, २०७५ सोमबार १५:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाले विभिन्न ४ वटा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण  र बीमा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको हो । गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले सार्वजनिक सुरक्षा (तेस्रो संसोधन) विधेयक २०७५, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र अर्थमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललले लेखापरीक्षण विधेयक २०७५ र  बीमा विधेयक २०७५ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

सबै प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया