इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजक बन्नका लागि भारतीय कम्पनी पनि दौडमा छ । केही दिनअघि मात्र भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले चिनियाँ मोबाइल कम्पनी भिभोसँग आफ्नो सम्झौता रद्द गरेको थियो ।
त्यसपछि अन्य कम्पनीसहित याेगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली पनि आईपीएलको मुख्य प्रायोजक बन्ने हाेडमा सामेल भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले यो कुराको पुष्टि गरेको हो ।
पतञ्जलीका प्रवक्ता एसके तिजारावालाले यस वर्षको आईपीएलको मुख्य प्रायोजक बन्नेबारेमा विचार गरिरहेको बताएका छन् । ‘हामी पतञ्जली ब्राण्डलाई विश्व मञ्चसम्म पुर्याउन चाहन्छौँ, यसको लागि यो मञ्च सबैभन्दा प्रभावकारी हुन्छ’, उनले भने ।
साथै उनले बीसीसीआईलाई एक प्रस्ताव पठाउने तयारी भइरहेको बताए ।
बजारका जानकारहरुका अनुसार एक चिनियाँ कम्पनीको विकल्पको रुपमा एक राष्ट्रिय ब्राण्डको रुपमा पतञ्जलीको दाबी निकै बलियो रहेको छ । साथै उनीहरु पतञ्जलीमा बहुराष्ट्रिय ब्राण्डको रुपमा दोस्रो ब्राण्डको प्रतिस्पर्धा क्षमताको कमी भएको बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।