लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित

 साउन २८, २०७७ बुधबार ५:५९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्कटिस प्रिमियरसिप अन्तर्गत सेल्टिक र एबरडीनबीचको खेल स्थगित गरिएको छ ।

सेल्टिक र एबरडीनका खेलाडीले लकडाउन नियम उलंघन गरेपछि दुई टोलीबीचको खेल स्थगित गरिएको हो ।

सेल्टिक र एबरडीनबीचको खेल शनिबार तय भएको थियो ।

हालै सेल्टिकका डिफेन्डर बोली बोलिनगोलीले स्पेनको भ्रमण गरेपछि क्वरेण्टीनमा नबसी किल्मर्नोकविरुद्ध खेल खेलेका थिए ।

जसको कारण सेल्टिक आलोचित बनेको थियो र स्कटल्याण्डका मन्त्री निकोला स्टर्जनले खेल स्थगित गर्न निर्देशन दिनुभएकाे थियाे ।

त्यस्तै गएकाे हप्ता एबरडीनका आठ खेलाडी लकडाउन नियम उलंघन गर्दै बार गएका थिए ।

यस्तै सेल्टिक र सेन्ट मिरिन तथा एबरडीन र ह्यामिल्टनबीच बुधबार तय भएको खेल समेत स्थगित गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया