‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९ औँ स्थानमा यथावत् रहेको छ ।
पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको हो ।
पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।
यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।
विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्याण्ड चौथो, स्वीडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।