इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
त्रिपुरेश्वरमा रहेकाे राखेप कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ सदस्यलाई शपथ ग्रहण गराउनुभएकाे हाे । शपथ लिनेमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ छन् ।
मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरिएकाे थियो । उनीहरुले सोमबारमात्र सपथ लिएका हुन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो । मन्त्री विश्वकर्माले अहिले खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताउनुभयो ।
मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाँडै पूर्णता पाउने जानकारी गराउनुभयाे । त्यसका लागि गृहकार्य भइरहेको समेत विश्वकर्माले बताउनुभयो । नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।