इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति पाैने आठ बजेपछि सीपीएल सुरु हुनेछ ।
सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति पाैने आठ बजे खेल्ने छन् । सन्दीप आबद्ध जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सन्दीपले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताएका छन् ।
सन्दीप गएकाे साउन १५ गते काेरियन एअरकाे चार्टर्ड जहाजमा सीपीएल खेल्न टोबागो गएका हुन् । यसैबीच नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा सन्दीपकाे रिपोर्ट नेगेटिभ आएको थियो । त्याे रिपोर्टसँगै सन्दीप सीपीएल खेल्न याेग्य ठहरिएका हुन् ।
यस सिजनकाे सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएल भदाै २५ गतेसम्म चल्ने छ । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् ।
कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल बुधबार बिहान सबा तीन बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।