पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने कार्य तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार श्रेष्ठलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सञ्चार तथा सूचना मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
'विवादित नियम ‘३क’को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदक प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने सक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिब देखियो', आदेशमा भनिएको छ, 'तसर्थ उक्त संशोधित (थप गरिएको) नियम ‘३क’ हाललाई कार्यान्वयन नगरl यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नू, नगराउनू, निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नू ।'
मन्त्रिपरिषद्को गएकाे साउन २६ गतेको बैठकले प्रेस काउन्सिल (कार्य व्यवस्था) तेस्रो संशोधन नियमावली, २०७७ जारी गरी मूल नियमावलीमा नियम ‘३क’ थप गरी सरकारले प्रेस काउन्सिलका लागि कार्यवाहक अध्यक्ष तोक्न सक्ने प्रावधान समावेश गरेको थियो । अदालतले प्रेस काउन्सिल ऐन, २०४८ को दफा ४ को उपदफा (१), दफा ५, दफा ८ को उपदफा (३) र (६) तथा दफा (१८) मा रहेका प्रावधानमा अन्तर्निहित भावना तथा स्वतन्त्र प्रेसको मान्यतानुकूल नदेखिएको व्याख्या गरेको छ ।
यसका अतिरिक्त प्रेस काउन्सिलका अध्यक्ष तोकेकोसम्बन्धी विषयमाथि अदालतमा परेको निवेदनसमेत अहिले विचाराधीन रहिरहेका अवस्थामा त्याे विवादसमेत प्रभावित हुने गरी नियमावलीमा संशोधन गरिएको उल्लेख गरेको छ । सरकारले काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णयविरुद्ध सदस्य चेतनाथ धमलाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।