पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
भक्तपुर – सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गएको फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनलाई आइसोलेशनमा परिणत गरेकाे छ । वुहान कोरोना भाइरसको उद्गमस्थल पनि हाे ।
चाँगुनारायण नगरपालिका ७ काे खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वरेण्टीनलाई दुई सय शय्याकाे आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।
सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा वीर दल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वरेण्टीन भवनलाई आइसोलेशनमा परिणत गरेकाे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो ।
अहिले दुई सय शय्याको आइसोलेशन तयार भए पनि तत्काल एक सय शय्या सञ्चालनमा ल्याएको डाक्टर गौतमले बताउनुभयो । आइसोलेशनमा आठ शय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने अरु शय्यामा कोरोना भाइरसका सङ्क्रमितलाई राखिनेछ ।
भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा डाक्टरसहित सात जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डाक्टर गौतमले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सात जनाको संयुक्त तीन वटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, आईसीयू तथा आइसोलेशनमा टोली परिचालन गरेका छन् ।
तीन अस्पतालले एक विशेषज्ञ डाक्टर, अरु दुई डाक्टर, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एउटा टिममा सात जना रहने गरी तीन वटा टिम तयार पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।