इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट वर्षाको कारण रद्द

 भदौ १३, २०७७ शनिबार ७:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट पानी परेपछि रद्द भएको छ । 

इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

 त्यसपछि पानी रोकिएन, पटक-पटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न सकेनन्  र खेल रद्द भएको घोषणा गरे । यी दुई देशबीच थप दुई वटा ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् ।

तीन खेलको टेष्ट श्रृङ्खला भने इंग्ल्याण्ड १-० ले जितेको थियो ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया