कात्तिक नाच आजदेखि
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन ।
आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् ।
पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।