अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले यस कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो ।
यस कार्यक्रमका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम शुरु गरेको र क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा आठ करोड ६३ लाख रुपैयाँ बजेट थप गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सरकारले चितवनमा ७ सय ६६, मकवानपुरमा ६ सय ५०, धादिङमा ३ सय ५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०/५० घर निर्माण गर्ने योजनाअनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय २० घर निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सरकारले चितवन र मकवानपुरमा दुई/दुई सय घर, धादिङमा एक सय घर, नुवाकोटमा ५० घर, रसुवा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा पाँच/पाँच घर गरी कूल ५ सय ८० घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
प्रदेश सरकारले यसबाहेक एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अति सीमान्तकृत जाति समुदाय माझी, मुसहर तथा चेपाङ जातिका लागि एकीकृत बस्ती विकास गर्ने भएको छ । त्यस अन्तर्गत सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं ७ र ९ मा एकीकृत मुसहर बस्ती विकासका लागि एक/एक करोड, दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ११ का लागि एक करोड २५ लाख र १२ का लागि एक करोड २५ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
यस्तै सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले कामको गतिलाई कुनै पनि बहानामा नरोकेको र निरन्तरता दिइरहने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताउनुभयो । ‘बेघरबारलाई घरघडेरी, बेरोजगारलाई काम’ भन्दै सङ्घर्ष गरेर आएको वर्तमान कम्युनिष्ट सरकारको कसैलाई पनि घरबारविहीन नराख्ने योजनाअनुसार काम भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।