पाकिस्तानसँगकाे दाेस्राे टी-२० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

 भदौ १५, २०७७ सोमबार ६:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी  क्रिकेटमा जित निकालेको छ ।

म्यानचेस्टरमा गएराति  भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । 

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । 

इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले । 

त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । 

दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १-० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया