अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गएकाे साउन २६ गते स्वीकृत गरेको प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गएकाे असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ ।
पहिलो प्रश्नावली सुपरिवेक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरुद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिनेछ ।
घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिनेछ । तेस्रो प्रश्नावली सुपरिवेक्षकबाट प्रत्येक पालिकाका तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने विभागले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
विभागले प्रश्नावली निर्माण गर्दा यसअघि विभिन्न चरणमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरेको थियो । यसअघि विभागले नमूना जनगणना २०७७ असार १५ मा सम्पन्न गरी यसका आधारमा केही प्रश्नावलीमा सुधार र परिमार्जनसमेत गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।