‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले ६६ रन बनाए । एक सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन मात्रै बनाउन सक्यो ।
उसका डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । ९८ रनमा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएकोमा अष्ट्रेलियाका मार्कुस स्टोनिसले १२ रन मात्रै बनाए । जितसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले एक शून्यको अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।