नेत्रविक्रम चन्द समूहका नेता विरही अस्पतालबाटै पक्राउ

 भदौ २०, २०७७ शनिबार २१:१:३३ | रासस
unn.prixa.net

चितवन - नेत्रविक्रम चन्द  समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।

उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।'

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उहाँलाई प्रहरी कार्यालय पुर्याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिनुभयो । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । त्यही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया