‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।
गएराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि जितेको हो ।
ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो ।
लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो ।
उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।