आत्महत्या रोक्न दुई अस्पतालमा हेल्पलाइन सुरु

 भदौ २६, २०७७ शुक्रबार ८:५:३२ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले आत्महत्या रोक्नका लागि दुई वटा अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ। 

आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य  शाखाका प्रमुख डा‍. फणिन्द्रप्रसाद बरालले जानकारी  दिनुभयो ।

लगनखेलमा रहेको मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०-०१-२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ । उहाँले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताउनुभयो ।

मानसिक अस्पतालमा बिहान ८ः ०० देखि साँझ ८ः ०० बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने छन् । नेपालमा हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा छ ।


 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया