‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् ।
पहिलो सेट ६-१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६-३ र ६-३ काे सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन ।
अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताएकी छिन ।
उपाधिको लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्ने छिन । नाओमी आजै बिहान अमेरिकी जेनिफर ब्राडीलाई हराएर फाइनलमा पुगेकी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।