प्रसारण लाइन नबन्दा माथिल्लो सोलुखोलाको २३ मेगावाट बिजुली खेर जाँदै, फेरि थपियाे सोलु करिडोरको म्याद

 भदौ २६, २०७७ शुक्रबार १४:१६:१३ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

साेलुखुम्बु – निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । 

सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भए पनि विभिन्न कारणले समयमा नै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका ११ काे तिङ्लामा सबस्टेशन निर्माण भइसके पनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन ।
 
सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भए पनि कोरोनाका कारण समस्या भएको भन्दै आउँदाे डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताउनुभयो । आयोजनाको काम गर्न समस्या नभए पनि कामदार ल्याउन समस्या भएको उहाँको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमा समेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । 
     
सिरहाको मिर्चैयादेखि तिङ्लासम्म तीन सय दुई टावर बनाउनुपर्ने भए पनि अहिलेसम्म दुई सय ८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्त गतिमा काम भइरहेको छ । 
     
यस्तै ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोलामा उत्पादन भएकाे २३ दशमलव ५ मेगावाट विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारण लाइनमार्फत रुम्जाटार सबस्टेशनमा लगेर खपत गर्ने प्रयास गरिए पनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया