नेपाल बैंकले ब्याजदर घटायो

 साउन २४, २०७५ बिहिबार ७:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल बैंक लिमिटेडले निक्षेप तथा कर्जाको ब्याजदर घटाएको छ । बैंकले मंगलबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत तथा मुद्धती निक्षेपमा ५ प्रतिशत देखि अधिकतम १०.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, बैंकले अधिकतम १३ दशमलव ३७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले आधार दरमा २.०७ प्रतिशतदेखि ६।०७ प्रतिशतसम्म थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । जोखिम बापतको थप दुई प्रतिशत प्रिमयम लिन सक्ने पनि बैंकले जनाएको छ ।

बैंकको आधार ब्याजदर केही घटेपछि बैंकले कर्जाको ब्याज घटाएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • राजन बुदाथोकि

    Sept. 23, 2018, 8:39 a.m.

    नेपाल बैंक लि, ले कति %बेज दिन्छ र महिनामा भुक्तानी गर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया