पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यकाे टाेली नेपाल आइपुगेकाे छ । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजपरिवारकाे टाेलीसहित १८ जनाको टोली आज काठमाण्डाै आइपुगेको हो ।
टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । विमान बुधबार बिहान ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनमा रहेकाे नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित मङ्गलबार राति नेपाल प्रस्थान गरेको थियो ।
टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थान अघि पर्वतारोहणमा सफलताको शुभकामना दिनुभएको थियो । त्यस क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजपरिवारकाे टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । झण्डै दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।
हिमाल आरोहणका लागि आएको टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजपरिवारकाे टोलीले हवाई उड्डयन मापदण्डअनुसार क्वरेण्टीनमा बस्ने र पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ ।
सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजपरिवारकाे आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।