कात्तिक नाच आजदेखि
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ ।
गएराति दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । तर यो खेलमा उनी प्लेइङ ११ मा परेनन् । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए । दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो ।
दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कृष्णाप्पा गौथमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।
अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । दिल्लीविरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।