कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
पर्सा - पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताउनुभयो । अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव गरी महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही गर्न थालेको छ । वीरगञ्जको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगेको गुनासोपछि अनुगमन र कारबाही थालेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गुप्ताले बताउनुभयो ।
यसका साथै व्यापारीहरुले आलुलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारबाही गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।