गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ : ५ बजे पहिरो पन्छाइएको होे ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः २० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार यस ठाउँमा दुईतर्फी गाडी सञ्चालनमा आएको हो । त्यही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी गाडी सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा पहिरो खस्ने क्रम जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।