रहेनन् अस्ट्रेलियाका पूर्वब्याट्सम्यान डिन जाेन्स

 असोज ८, २०७७ बिहीबार १७:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको हृदयघात (कार्डिक अरेस्ट) का कारण ५९ वर्षको उमेरमा निधन भएको छ । डिन जोन्सको बिहीबार मुम्बईमा निधन भएको हो । 

इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको दौरान डिन जोन्स मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका थिए । डिन जोन्स अस्ट्रेलियाका महान् ब्याट्सम्यानमध्ये एक हुन् । 

उनले आफ्नो सानदान करिअरमा कुल ५२ टेस्ट र एक सय ६४ एकदिवसीय खेल खेलेका थिए । 

भारतविरुद्ध सन् १९८६–०८७ मा मद्रासमा खेल्दा उनले बनाएको २१० रनको पारी उनको करिअरको सबैभन्दा उत्कृष्ट पारीमध्ये एक थियो । 

डिन जोन्स एक सानदार क्रिकेटरका साथै आफ्नो उम्दा कमेन्ट्रीका लागि पनि चर्चित थिए । कैयौँ अन्तर्राष्ट्रिय खेलमा उनले कमेन्ट्री गरेका छन् ।    

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया