कात्तिक नाच आजदेखि
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।
सेभियालाई अतिरिक्त समयमा २-१ गाेलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १ १ को बराबरी भयो । त्यसपछि दोस्रो हाफमा गोल हुन सकेन ।
निर्धारित ९० मिनेटमा एक-एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।