गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बीओपी थपिएको हो । माडी नगरपालिका-९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा बीओपी स्थापना गरिएकाको हो ।
गढीमाई बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बीओपी स्थापना भएसँगै एउटा बीओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको र सीमा सुरक्षा थप मजबुत बन्ने बताउनुभयो । यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट थिए ।
थपिएका दुईसँगै पाँच पुगेको छ । माडीमै थप एउटा पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसअघि बाँदरझुला, छरछरे र वाल्मीकि आश्रममा सशस्त्रका अस्थायी पोष्ट थिए ।
नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएका छन् । पहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा थिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको धेरै क्षेत्र निकुञ्ज पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।