नारायणी नदीले बगाएको पोथी गैंडा मृत फेला

 असोज १७, २०७७ शनिबार १६:१८:१९ | रासस
unn.prixa.net

चितवन - चितवन नारायणी नदीले बगाएको पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 

अन्दाजी ३० वर्षको पोथी गैंडा दिउँसो १२ः ३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । गैंडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैंडाको खाग सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैंडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले पाँच वटा गैंडा मरेका छन् ।
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया