डाक्टर केसीसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍याे

 असोज २१, २०७७ बुधबार १९:४३:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठामाण्डाै – सरकारले अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ  । शिक्षामन्त्रीस्तरीय निर्णयबाट याे समिति गठन भएको हो । डा. केसी गएकाे २४ दिनदेखि जुम्लाबाट सुरु गरी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहनुभएको छ ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भइ आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि याे विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भइसकेको जनाउनुभएको थियो । बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराइ वार्ताबाट समस्याको समाधान गर्न डा. केसीलाई आग्रह गरेको थियो । सरकारले डा. केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया