सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव

 असोज २९, २०७७ बिहीबार १०:५१:१७ | रासस
unn.prixa.net

कैलाली - कोरोना भाइरस सङ्क्रमित भइ जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ ।

अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डाक्टर शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्नेलगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताउनुभयो ।

'अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिनयता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ', उहाँले भन्नुभयो, 'जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।'

अस्पतालमा दश आईसीयू (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आईसीयू भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ  । अस्पतालको कोरोना अस्थायी अस्पतालमा अहिले आईसीयूमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ ।

आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ । डाक्टर कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो ।

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया