८० हजार घुस लिएकाे अभियाेगमा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष पक्राउ

 असोज ३०, २०७७ शुक्रबार २०:२८:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

सबडिभिजन वन कार्यालय तारानगर कैलालीले ट्र्याक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा त्याे काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेन्जर रामअवतार चौधरीलाई त्याे रकम दिन बिचौलियाको भूमिका निर्वाह गरेको आरोप रानालाई आयोगले लगाएको छ ।

आयोगको कञ्चनपुरबाट गएको टोलीले कैलाली, धनगढी उपमहानगरपालिका १ को पार्क मोड भन्ने ठाउँबाट बिहीबार पक्राउ गरिएको र अनुसन्धान जारी रहेकाले शुक्रबार सार्वजनिक गरिएको हो । आयोगले अभियुक्त रानामथि थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया