वर्षाले घर भत्किँदा दुईजना घाइते

 साउन २७, २०७५ आइतबार ७:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – भारी वर्षाले पाल्पामा घर भत्किँदा आमा र छोरा घाइते भएका छन् । तानसेन नगरपालिका–६ बर्तुङ्गमा शनिबार बेलुकी घर भत्किँदा ५२ वर्षीया लक्ष्मी पोखरेल र १९ वर्षीय छोरा अनिल घाइते भएका हुन् ।

उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । २०७२ सालको भूकम्पले चर्किएको घरमा पानी पस्दा घर भत्कीएको छोरा अनिल पोखरेलले जानकारी दिनुभयो ।

खाना खाएर बसिरहेको समयमा घर भत्किएको हो ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयको सहयोगमा घरमा रहेको सरसामान सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया