गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जानकारी दिनुभयो । नेपाली सञ्चार माध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको उहाँको दाबी छ ।
यस्तै उहाँले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको पनि जानकारी दिनुभयो । उत्तराखण्ड बाल अधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले माफी माग्नुका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता जनाएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।
अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ छ । उहाँले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।