नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

 कात्तिक १४, २०७७ शुक्रबार १९:१५:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।

कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआएपछि देवगणले आउँदो मङ्गलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को सङ्कलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताउनुभयो ।

विसं. २०४५ पछि पहिलो पटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउनुभएको हो । यस दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंमा रहेकाे नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले सुरु गर्नुभएको थियो ।  

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया