गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

 कात्तिक १५, २०७७ शनिबार ७:४:२१ | रासस
unn.prixa.net

डोटी - धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् ।

दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताउनुभयो । स्थानीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कुल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भए पनि आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जनाउनुभयो । 

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले ती कुनै पनि जिल्लामा मल पुगेको जानकारी नआएको बताउनुभयो । डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।

कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । 

अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया